काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित गरेको छ ।
बैठकमा कानून न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले राख्नुभएको उक्त प्रस्ताव ध्वनि मतका आधारमा सर्वसम्मतिले पारित गरेको छ ।
यस्तै, आजको बैठकमा आगामी आर्थिक वर्षको वार्षिक बजेट (विनियोजन विधेयक) २०८० पेश भएको छ । बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले विनियोजन विधेयक २०८० सभासमक्ष प्रस्तुत गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक आजै १ घण्टापछि पुनः बस्ने छ ।