काठमाडौँ । सरकारले ‘हेलो सरकार’लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ ।
जनतालाई सुशासनको अनुभूति दिलाउन र उनीहरूका गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ २०६८ सालदेखि सञ्चालन भएको ‘हेलो सरकार’ अब २४ सै घण्टा सञ्चालन हुने भएको हो ।
सरकारी कार्यालयबाट प्रवाह हुने सेवाहरूमा भोग्नुपरेका समस्या वा सरकार सञ्चालन विधिमा सुझाव प्रस्तुत गर्न चाहेमा सबै प्रकारका जनताका गुनासाको तत्कालै सम्बोधन गर्ने उद्देश्यले २०६८ साल कार्त्तिक १७ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शासकीय सुधार महाशाखा अन्तर्गत ‘हेलो सरकार’ कक्ष स्थापना गरी सेवा प्रदान गर्न सुरु गरिएको हो ।