काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग सभामुखले टेलिफोन संवाद गर्नुभएको छ ।
सभामुखले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अबरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो ।
सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत उहाँले नेताद्वयलाई स्मरण गराउनुभएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न आज दिउँसो १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आहवान गर्नुभएको छ । सभामुखले सदनको अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटक पटक छलफल गर्नुभएको थियो ।