काठमाडौं।दुई दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि जारी छ । आजको बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ ।
गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेकाको छ ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।