बुटवल । एमालेको लुम्बिनी प्रदेश प्रथम अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारी सदर भएको छ ।
बुटवलमा जारी अधिवेशनमा निर्वाचन आयोगमा परेको उजुरी अध्ययन गरी पार्टी केन्द्र, संगठन विभाग, पार्टी निर्वाचन आयोग, स्वयं उम्मेदवार र प्युठानको पार्टी कमिटीसँगको छलफलपछि रिजालको उम्मेदवारी सदर गरेको निर्वाचन समितिका प्रमुख हरि भण्डारीले बताउनुभयो ।