बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वको लागि भइएको निर्वाचन ८६१ मत खसेको छ । बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो । पौने २ बजेसम्म उक्त मत खसेको हो ।
अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल (आर.के.) र प्यूठानका हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचनको लागि १००४ मतदाता छन् । १६ गतेदेखि सुरु भएको पहिलो लुम्बिनी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहानबाट मतदान सुरू गरिएको हो ।
उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहनुभएको छ । त्यस्तैगरी दुई जना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।
उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारु चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लिला राना मगर (बर्दिया र बसन्ती आचार्य (बाँके) रहनुभएको छ । आजै मतगणनाको तयारी छ । ५ जना पदाधिकारी सहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिष्पर्धामा छन् ।