बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आजै भएको निर्वाचनको मतगणना सरू भएको छ । दिउँसो साढे २ बजे मतदान सकिएकोमा ५ बजेबाट मतगणना सुरू भएको हो ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतगणना शुरू भएको हो । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ । नेतृत्वमा राधाकृष्ण कँडेल र हरि रिजाल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । १ हजार ४ जना प्रतिनिधि रहेको मतदान ९६५ मत खसेको छ । उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहेका छन् । त्यस्तैगरी २ उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।
उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारू चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लीला रानामगर (बर्दिया) र वसन्ती आचार्य (बाँके) रहेका छन् ।
५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिस्पर्धामा छन् । उम्मेदवारहरूसँग छलफल गरेपछि मतगणना शुरू गर्ने निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिनुभयो ।