बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाँड भाचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताउनुभएको छ । देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा कहालीलाग्दा समस्याका चाँङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दावी गर्नुभयो ।
बुटवलमा आइतबार प्रेस चौतारी रुपन्देहीको शुभकामना आदान प्रदान कार्यक्रममा आयोजित कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रलाई चान्ने चुन्ने उपचार गरेर होइन, मेजर अपरेशन गर्नुपर्ने अवस्था छ । सरकार अपरेशन त परै जाओस् सिटामोल समेत दिनका सकेका छैन । अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन् ।’
‘कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था छ । निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न सकेको छैन । पेन्सन र सामाजिक सुरक्षा खुवाउनु आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको छ सरकार गम्भीर हुनुप¥यो’ उपाध्यक्ष पौडेलले थप्नुभयो । मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा बिपरीत राजनीति गरेको समेत पौडेलले दावी गर्नुभयोे ।
‘राष्ट्रपति दलको नेताजस्तो बन्ने होइन’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘कुनै बेला अमुक दलको नेता हुनुहुन्थ्यो । अब त्यस्तो होइन । कुनै दलको पैरवी गर्ने होइन । कांग्रेसलाई भोट गरेको धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन फोन गर्ने होइन । आफनो मर्यादामा बस्नुपर्छ । अहिलेको बडादशैलेले राष्ट्रपति लाई सदबुद्धि दिउन ।’
सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउनको काममा समेत उदत देखिएको बताए । मान्छे मार्ने अपराधीलाई रिहाइ गर्ने राष्ट्रपतिले कुनै सोच विचार गर्न नसकेको पौडेलको भनाइ छ । कोशी प्रदेशमा सरकारले तमासा गरेको बताउनुभयो । कोशी प्रदेश सरकारको लागि एमालेले कुनै खेल नखेकोलेको स्पष्ट पार्दै नेता पौडेलले मुख्यमन्त्री केदार कार्कीलाई सहयोग गरेर प्रदेशलाई संकटतर्फ जानबाट जोगाएको बताउनुभयो ।
मुलुकमा धार्मिक सदभावमा खलल पु¥याउने र साम्प्रदायिक सदभाव र आपसी सम्बन्धलाई बिथोल्ने प्रयासहरु भइरहेको प्रति सबै सचेत बन्नुपर्ने अवस्था आएको नेता पौडेलको भनाइ छ । नेपालीहरूबीच लामो समयदेखिको धार्मिक एकता र सदभावलाई मान्दै पर्वहरु मनाउन सबैलाई आग्रह गर्नुभयो ।