बैतडी । नेकपा एमालेले आजबाट मध्यपहाडमा आर्थिक सामाजिक विकास र रुपान्तरणका पक्षमा लोकमार्ग केन्द्रित अभियान सरु गर्दैछ ।
बैतडीको झुलाघाटमा आज अध्यक्ष केपी शर्मा ओलीले यो अभियानको उद्घाटन गर्दैहुनुहुन्छ । अभियानमा सहभागी हुन अध्यक्ष ओली सहितका नेताहरु हिजो नै बैतडी पुगिसक्नु भएको छ । एमालेले मध्पहाडी राजमार्गले छोएका २६ वटा जिल्लामा तीन हप्ते लङ मार्चपास अभियान गर्न लागेको हो ।
पहाडी क्षेत्रको विकास र समृद्धिका नयाँ आयामहरु पत्ता लगाउन ,यस क्षेत्रका समस्याहरुका बारेमा स्थानीयबासीहरुसँग छलफल गर्न अभियान आयोजना गर्न लागिएको हो । पार्टीको मंसिर ६ गते बसेको केन्द्रिय कमिटीको बैठकले यो अभियानका कार्ययोजना पारित गरेको हो ।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको यो यात्रा आगामी पुस २ गते समापन हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले राजकारी दिनुभयो ।