भैरहवा । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर (भैरहवा) कमिटिले ‘एक घर एक अनेमसंघ’ अभियान जारी राखेको छ ।
संगठनलाई क्रियाशिल र मजबुत बनाउनका लागि अभियान थालिएको अनेमसंघ सिद्धार्थनगरका अध्यक्ष सिर्जना कार्कीले बताउनुभयो । अभियान अन्र्तगत विभिन्न कार्यक्रम भइरहेका छन् ।
सिद्धार्थनगरका १३ वटा वडामा संगठन विस्तार (सदस्यता वितरण), वडा सम्मेलन, रक्तदान कार्यक्रम, स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो । ‘अहिले हामीले वडाहरुमा संगठन विस्तार (सदस्यता वितरण) र वडा सम्मेलनहरु गरिरहेका छौँ’ अध्यक्ष कार्कीले भन्नुभयो, ‘त्यसपश्चात तालिका अनुसार अन्य कार्यक्रमहरु गर्नेछौँ ।’
संघको सिद्धार्थनगर कमिटि अनुसार नगरको वडा नम्बर १, २ र १२ मा संगठन विस्तारसँगै वडा सम्मेलन सम्पन्न भएको छ । वडा नम्बर १ मा अम्बिका खत्रीको अध्यक्षतामा १५ सदस्यीय, वडा नम्बर २ मा तारा रानाको अध्यक्षतामा १३ सदस्यीय र वडा नम्बर १२ मा शारदा पाण्डेको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन भएको संघको सिद्धार्थनगर सचिव मिना बलालले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख समेत रहेको नेकपा एमाले रुपन्देही सचिवालय सदस्य उमा अधिकारी, नेकपा एमाले रुपन्देही जिल्ला सदस्य सिता काफ्ले, दिलु कुवँर, अनेम संघ रुपन्देही जिल्ला सदस्य लक्ष्मी केसी, निशा भट्टराई, संघको रुपन्देही क्षेत्र नं. ३ को उपाध्यक्ष लक्ष्मी लामिछाने, क्षेत्र नं. ३ को सचिव सिता सुनार, सिद्धार्थनगर इन्चार्ज द्रुपदा पनेरु र सिद्धार्थनगर सचिव मिना बलाल लगायत सहभागितामा अभियान अभियान चलाइएको संघको नगर कमिटिले जनाएको छ ।