बुटवल । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथ लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङले पार्टी परित्याग गरेको आधिकारिक रुपमै घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै पार्टीको सदस्यता, केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको बताउनुभएको छ ।
‘उपरोक्त विषयमा म एकीकृत समाजवादीको सदस्यता, पार्टीले मलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको हुँदा यो राजीनामा पेश गरेको छु,’ उहाँले लेख्नुभएको छ, ‘तसर्थ, मेरो राजीनामा स्वीकृत गरी सहयोग गरिदिनुहुन अनुरोध छ ।’
उहाँ गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बन्नुभएको थियो । तर निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । गुरुङले यसअघि नै पार्टी परित्याग गरेको बताउँदै आएको भए पनि आधिकारिक रुपमै पत्र लेखेर भने मंगलबार घोषणा गर्नुभएको हो ।