बुटवल । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।
टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा चौधरी सर्वसम्मत चयन हुनुभएको हो। यसअघि चौधरी पार्टीको संरक्षक हुनुहुन्थ्यो अध्यक्षमा उहाँकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी हुनुहुन्थ्यो ।
रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुनुहुन्छ ।