बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको ज्याजति र विकास विरोधी गतिविधिका विरूद्ध युवाशक्तिले दबाब दिन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा सघं, रुपन्दही प्रचार विभागले आयोजना गरेको स्व.परमानन्द खरेलको स्मृतिमा फुडसल प्रतियोगिताको शुक्रबार तिलोत्तमामा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान गठवन्धन सरकार युवाशक्ति र जनता आवश्यकता पूरा गर्नुको सट्टा विकास विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभयो । ‘अहिलेको सरकारलाई सडक चाहिएको छैन । योजना चाहिएको छैन,’ पौडेलले भन्नुभयो, ‘उनीहरू जनताको सुविधाका लागि हामीले ल्याएका योजना कटौती गरिरहेको छ ।’
‘देशको परिरिुथति झनझन जटिल अवस्थामा पुगेको छ,’ पौडेलले भन्नुभयो,‘दैनिक रुपमा युवाहरु विदेश पलायन भइरहेका छन् । सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु विदेश पलायन हुने अवस्था आएको हो ।’
देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार बन्न आवश्यक रहेको पौडेलको भनाइ छ । युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिजर्ना गर्न युवाहरुले सडकबाट सरकारलाई दवाव दिनुपर्नेमा जोड दिनुभयो ।
पौडेलले युवाहरु खेलकुदको क्षेत्रमा, उद्योग, व्यावसाय, रोजगारीका क्षेत्रमा युवाहरु हरेक क्षेत्रमा सक्षम हुनुपर्ने बताउनुभयो । युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुदको क्षेत्रमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।