बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान गरेको छ । आउँदो फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को निर्णयसहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिसअनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गर्नुएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरी प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए ।