बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ ।
११ सदस्यीय मन्त्रिमण्डलमा प्रमुख सत्ता साझेदार नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित २, जनता समाजवादी पार्टी (जसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादीबाट बाट १/१ जना मन्त्री बनेका छन् ।
एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहनुभएको छ भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।
आज विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार ११ सदस्यीय पुगेको छ । आज नियुक्त भएका विनाविभागीय मन्त्रीहरुको शपथग्रहण पनि आजै गराउने तयारी भएको छ ।