बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले ७ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।
यसअघि मुख्यमन्त्री महराले एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभधएको थियो । उहाँहरुले मुख्यमन्त्री महरासँगै शपथ लिनुभएको थियो । तीनैजनाको मन्त्रालय भने आज मात्रै तोकिएको छ । जस अनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यो सँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ ।
हेर्नुहोस् लुम्बिनीको ११ सदस्यीय मन्त्रिपरिषद