काठमाडौँ । इलाम-२ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाउनुभएको छ ।
फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाउनुभएको हो ।
यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत पाउनुभएको छ ।
यस्तै रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाउनुभएको छ ।