बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।
प्रदेश सरकारका मन्त्रीसमेत रहनुभएका भण्डारीलाल अहिर र आदेश कुमार अग्रवालले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गर्नुभएको छ ।
दुवैजना बाँके क्षेत्र नम्बर २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।
जसपा नेपालका लुम्बिनीमा ३ सांसद रहेका छन् । २ जना जसपामा लागेसँगै अब जसपा नेपालका एक जना मात्रै सांसद रहेका छन् ।