बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख कार्यालयले संबिधानको धारा १६८ (२) बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जनाइएको छ ।
यसअघि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले उपनेता सहितको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए । मुख्यमन्त्रीको सपथ भने भेलि हुने बताइएको छ ।