काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ।
सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहान लगायत छन् ।