बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्न नगरपालिका गएको नेपाल विद्यार्थी संघलाई प्रहरीले रोकेको छ।
कोरोना महामारीको समयमा अनलाईन कक्षा सञ्चालन गरेको नाममा विद्यालयहरुले विद्यार्थीसँग शुल्क असुल गर्न नगरपालिकाले निर्णय गरेर खुला गरिदिएको विरोधमा नेपाल विद्यार्थी संघले तिलोत्तमा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्ने जनाएको थियो।
तिलोत्तमा नगरपालिकाले नीजि विद्यालयहरुलाई अनलाईन कक्षा सञ्चालन गरे वापत असार देखि नै ७५ प्रतिशत सम्म शुल्क असुल गर्न अनुमति प्रदान गरेकाले त्यसको विरोधमा नेविसंघले शिक्षा शाखामा तालाबन्दीको तयारी गरेको र त्यसमा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले जानकारी दिए।
प्रहरीले रोकेपछि विद्यार्थीहरुले नगरपालिका अगाडि टायर बालेर प्रदर्शन गरेका थिए।