बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक बसेको छ। बिहान ८ बजेपछि नेकपा संसदीय दलको बैठक बसेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए। बैठक मुख्यमन्त्री निवासमा जारी छ।
उनका अनुसार बैठकमा प्रस्तावित राजधानी र नामको बारेमा बैठकमा छलफल हुनेछ।
सदनमा प्रस्ताव पेश गरेपछि त्यसलाई पास गराउनका लागि नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिने र पार्टीको निर्णयबाहिर नजान निर्देशन दिने छन्।
सदनमा ल्याइएको एकल स्थानबारे नेकपाका केही नेताहरुले असन्तुष्टि जनाएका छन्। प्रदेशका सांसद र पार्टीसँग पर्याप्त छलफल नगरी ल्याइएको प्रस्तावबारे संसदीय दलको बैठकमा केही सांसदले असन्तुष्टि व्यक्त गर्ने तयारी गरेका छन्।