बुटवल-प्रदेश ५ सरकारले सदनमा दर्ता गरेको राजधानी सार्ने प्रस्ताव सच्याउन रुपन्देहीका स्थानीय तहहरुले माग गरेका छन्।
रुपन्देहीका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको बैठकले रुपन्देहीलाई नै प्रदेश ५ को स्थायी राजधानी घोषणा गर्न माग गरेका हुन्।
रुपन्देही प्रशासनिक र जनसंख्याका दृष्टिले पनि उपयुक्त स्थान रहेको भन्दै उनीहरुले रुपन्देहीलाई नै स्थायी राजधानी घोषणा गर्न माग गरेका छन्।