बुटवल-प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बेलुका रुपन्देहीमा मसाल जुलुस गरेको छ। रुपन्देहीका स्थानीय तहहरुमा मसाल जुलुस गर्दै कांग्रेसले प्रस्ताव फिर्ता लिन माग गरेको छ।
रुपन्देही कांग्रेसका अनुसार स्थानीय तहहरुमा कांग्रेसका पालिकास्तरका समिति र भ्रातृ संगठनले विरोधका कार्यक्रम गरेका छन्। बुटवलमा भएको मसाल जुलुस कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले प्रदेश सरकारले प्रस्ताव फिर्ता नलिए आन्दोलन जारी राख्ने बताए।
कांग्रेसले आइतबार रुपन्देही बन्द र सोमबार प्रदेश सभा घेराउसम्मका कार्यक्रम सार्वजनिक गरेको छ भने संघसंस्थाहरुले पनि विरोध प्रदर्शन र प्रदेश सभा घेराउका कार्यक्रम सार्वजनिक गरेका छन्।