काठमाडोँ । बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । सरकारले उपलब्ध गराएको सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।
महराले बा २ झ १२६८ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आएका थिए । उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका हुन् ।
महरामाथि संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीमाथि यौनदुव्र्यवहारको गरको आरोप लागेका थियो । तर, शाहीले सो आरोप सत्य नभएको बताएकी छिन् । महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । महरा प्रकरण जोडिएकी शाहीको श्रीमानले उनलाई सम्बन्ध बिच्छेद दिइसकेका छन् ।