दाङ । श्रीमानले राजनीति गर्ने । घर व्यवहारकाे सबै जिम्मा विमलालाइ थियाे । परिवारका सबैले सकृय राजनीति गर्दा परिवारनै लथालिङ्ग हुने समस्या छदै थियाे । त्यही भएर विमला घर परिवारमा सिमित थिइन । उनलाई राजनीति गर्नुपर्ला भन्ने बिषय कल्पना भन्दा बाहिर थियाे ।
तर, उनै विमलाले सकृय राजनीति गर्नु पर्ने परिस्थिति बन्याे । याे प्रसंग हाे दाङ ३ ख प्रदेश सभा सदस्यमा निर्वाचित विमला खत्री वलिकाे । निकै कडा प्रतिस्पर्धा हुने अडकल बाजि गरिएको दाङ ३ ख काे प्रदेश सभा सदस्य निर्वाचनमा फराकिलो मतान्तरले नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री वली निर्वाचित भइन । विमलाले नेपाली कांग्रेसका केशव आचार्यलाइ पाँच हजार १०४ मतकाे अन्तरले हराउदै बिजयकाे झण्डा गाडेकी हुन । विमलाले सहानुभूति र पार्टी एकताकाे वलमा चुनाव जितेकाे दावी उनका विपक्षीले गर्छन ।
तर, पश्चिम दाङका मतदाताले विमलालाइ उत्तरकाे उत्तराधिकारीकाे रुपमा उभ्याएका छन । विमलाकाे सामु पश्चिम दाङका जनताले उनि प्रति देखेकाे विश्वासकाे सम्मानकाे लागि फरक अनुभुती हुनेगरी काम गर्नुपर्ने दायित्व थपिएको छ । २०७४ सालमा भएको निर्वाचनमा यहि निर्वाचन क्षेत्रबाट विमलाका श्रीमान उत्तरकुमार वली ६ हजार ४ सय ३५ मतले नेपाली कांग्रेसका बुद्धिराम भण्डारीलाई हराउदै निर्वाचित भएका थिए । श्रीमानले सकृय राजनीति गरेपनि विमला कुमारी खत्री वली भने पारिवारिक व्यवस्थापनमा केन्द्रित थिइन । तर, उनलाई परिस्थितिले प्रदेश नम्बर ५ काे माननीय बनाएकाे छ । सडक दुर्घटनामा विमलाले अाफ्ना श्रीमान दाङ ३ ख काे प्रदेश सभा सदस्यमा निर्वाचित सांसद उत्तरकुमार वलीलाइ गुमाउन पुगिन । श्रीमानकाे निधन पश्चात विमलाकाे राजनीतिक जीवनले यूटर्न मार्याे ।
उनलाई नेपाल कम्युनिस्ट पार्टीले उनै उत्तरकाे ठाउँमा उठाउने निर्णय गर्याे । उत्तर पश्चिम दाङकाे विकासकाे लागि नेतृत्वकर्ताकाे रुपमा उदाउदै थिए । विकासमा पछाडि परेकाे पश्चिम दाङले विमलालाई उत्तरकाे उत्तराधिकारीकाे रुपमा छानेका छन । शनिबार भएको उपनिर्वाचनमा विमलाले पाँच हजार १०४ मतकाे अन्तरले विजयकाे झण्डा गाडिन । आइतबार राती सकिएको मतगणना अनुसार वलीले २४ हजार २ सय ८६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गरेका हुन् । बुवा कालीराम खत्री र आमा लालकुमारी खत्रीकी कान्छी छोरीका रुपमा २०४१ साल माघ २२ गते जन्मिएकी हुन बिमला ।
विमलाकाे उत्तरकुमार वलीसंग २०६५ साल बैशाख महिनामा प्रेम बिबाह भयाे । बिमलाका आठ बर्षीय छाेरा प्रणय वली र छ बर्षीय प्रतिक वली गरेर दुई छाेरा छन । पुख्र्यौली माइती घर रुकुमपुर्बको रुकुमकोट रहे पनि उनि नेपालगञ्ज उपमहानगरपालिका ५ गणेशपुरमा हुर्कीएकी हुन । कालीराम र लालकुमारीका चार छोरीमध्ये बिमला कान्छी छोरी हुन । श्रीमान् उत्तरकुमार वलीको साख जोगाउन राजनीतिमा हाेमिएकि हुन । उत्तरकाे २०७५ साल माघ १६ गते घोराही लमही सडक खण्डको चिसापानीमा भएको सडक दुर्घटनामा परी गम्भिर घाइते भएर उपचारका क्रममा राजधानीमा निधन भएको थियो ।