काठमाडौँ,-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएपनि सुरक्षाको कारण देखाउँदै बालुवाटारमा बैठक बसेको हो । जारी बैठकमा यस अघि दुइ अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव माथि तलफल हुने कार्यक्रम छ । गत कात्र्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा आफू माथी आरोप लगाइएको भन्दै प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गतेको बैठकमा जवाफि प्रतिवेदन पेश गरेका थिए।
प्रचण्ड र माधव नेपाल पक्षले दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएका छन्। ओली पक्षधरले भने दुबै प्रतिवेदन थाती राखेर साझा प्रस्ताव तयार गर्नुपर्ने बताएका छन्।