काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । अर्को बैठक मंसिर २८ गते बस्ने तय भएको छ। केन्द्रीय समिति बैठक पनि पुस ५ गतेलाई सारीएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस अघि मंसिर २५ गतेको लागि केन्द्रिय समिति बैठक तोकिएको थियो। पार्टी कार्यालय धुम्बाराहीमा बसेको आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् । आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए । ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए । पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन्। आजको बैठकमा दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई बाँडिएको र प्रस्ताव पढ्न सात दिन समय दिइएको छ ।