काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भोली विहानको लागि सर्वदलिय बैठक बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्नको लागि मंगलबार विहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। पार्टी भित्र आन्तरिक विबाद चुलिएका बेला प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक बोलाएका हुन्। पछिल्लो समयमा देशका विभिन्न स्थानमा राजतन्त्रको पक्षमा पनि प्रदर्शन भइरहेको छ। बैठकमा यसबारे छलफल हुने बताइएको छ।