दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बिहिबार विभिन्न स्थानमा तीन ओटा पक्की पुलको शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको लगानीमा बन्न थालेको पक्कि पुलको मुख्यमन्त्री पोख्रेलले शिलान्यास गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने पातुखोला, घोराही उपमहानगरपालिका भित्र पर्ने कटुवा खोला, राप्ती गाउँपालिका भित्र पर्ने दोलही खोलामा पक्कि पुलको शिलान्यास गरेका हुन् ।
‘अव विकास माग्दै धाउने प्रवृत्तिको अन्त्य गर्दै छौं । सरकारले योजनाको आधारमा सबै ठाउँमा विकास पु¥याउछ’-उनले भने,‘विकास भएन भनेर धाउनुपर्दैन ।’
पातुखोला पुल बनाउन ८ करोड ३१ लाख, कटुवा खोला पुलको लागी ३ करोड ८२ लाख, दोलही खोला पुल बनाउन ५ करोड २० लाख बजेट रहेको छ ।
सिस्ने खोलामा पुल निर्माण कार्य जारी छ । यो पुल बनाउन १९ करोड ६० लाख बजेट छ । दंगीशरण गाउँपालिकाको माया खोलामा पुल बनाउन ३ करोड ५० लाख बजेट छ ।
यसैगरी दाङ जिल्लामा अन्य ६ विभिन्न स्थानमा पक्की पुल बनाउन डिपिआर तयार भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बासुदेव भण्डारीले जानकारी दिए । पुल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोख्रेल सहित भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको समेत उपस्थिति रहेको थियो ।
स्थायी राजधानी क्षेत्रमा व्यवस्थीत र नमुना शहर बनाउन अन्तर्राष्ट्रिय विज्ञहरुको सहयोगमा गुरुयोजना निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिए ।
व्यवस्थित राजधानी बनाउने योजना प्रदेश सरकारले अघि बढाएको जानकारी दिदै उनले अन्तर्राष्ट्रिय स्तरका विज्ञको सहयोगमा डिपिआर तयार हुने बताए ।
विरोधको राजनीतिले कही नपुर्याउने बताउँदै उनले विकास र समृद्धिको मुद्धामा सबै एक ठाउँमा उभिन जरुरी रहेको औंल्याए ।