कैलाली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी संरक्षण गरेको आरोप लगाएका छन्। कैलालीको धनगढीमा सोमबार आयोजित विरोध सभामा बोल्दै नेता थापाले भ्रष्टाचारी हेर्न बालुवाटार र सिंहदरबार गए पुग्ने उल्लेख गरे। ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ उनले भने ‘यो सरकार बाहिर भ्रष्टाचार गर्दिन भन्छ तर, बाइडबडी जहाज खर्लप्पै खान्छ,।’
थापाले केपी ओली नेतृत्वको सरकार अयोग्य, असक्षम र इतिहासकै भ्रष्ट भएको आरोप लगाए। थापाले नेकपालाई कम्युनिष्ट पार्टी नै नभई लोभी पापीहरुको समूह भएको उल्लेख गरे। प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मा राष्ट्रपतिको नभएको भन्दै सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न आग्रह गरे।