काठमाडौं- विभाजनको मुखमा पुगेको सत्तारुढ नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्ने बताइएको छ।
बैठकमा यस अघि पूर्व माओवादी निकट मानिएका टोपबहादुर रायमाझी र मणी थापा पनि सहभागी छन्। प्रचण्ड नेपाल समुहको स्थायी कमिटीको बैठकमा नगएका उपाध्यक्ष बामदेब गौतम र गृहमन्त्री रामबहादुर थापा बादल ओलीले बोलाएको बैठकमा पनि गएका छैनन।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि चुलिएको विबादका विच आजै प्रचण्ड र माधव नेपाल समुहले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन्। बैठक दिउसो १ बजे बजे बस्दै छ।
आजको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ। आइतबार बसेको प्रचण्ड माधव नेपाल पक्षको बैठकले ओलीलाई केन्द्रिय कमिटीको बैठकबाट ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।