काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ। संसद भवन बानेश्वरमा बसेको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर सो सो पदमा प्रचण्डलाई चयन गरेको हो ।
माधबकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । बैठकमा उपस्थित सदस्यहरुले सर्वसम्मतले अनुमोदन गरेका थिए। यस अघि मंगलबार बसेको सो समुहको केन्द्रीय समितिको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको थियो।