बुटवल । नेकपाका स्थायी केन्द्रीय कमिटि सदस्य तथा केपी ओलीको विश्वास पात्रका रुपमा रहेका शंकर पोखरेलको गृहजिल्लाको नेकपा कमिटिले ओलीले प्रतिनिधि सभा विगठन गरेर गैर संबैधानिक काम गरेको भन्दै भत्सर्ना गरेको छ । दाङ जिल्ला कमिटीको नेतृत्वले सर्वसम्मत रुपमा ओलीको गैरसंबैधानिक कदमको बिरोधमा एक जुट भएको हो ।
एक विज्ञप्ती जारी गर्दै नेकपा दाङको पार्टी जिल्ला नेतृत्वले प्रधानमन्त्री ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट परिचालित भएको आरोप लगाएको छ ।
नेकपा दाङ इन्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सीराम पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा ओलीले कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको भन्दै यसविरुद्ध एकजुट हुन र पार्टी एकताबाट विचलित नहुन कार्यकर्तालाई अपील गरिएको छ ।
कमिटि अध्यक्षद्वारा केन्द्रीय सदस्य पद अस्विकार
त्यस्तै पार्टीमा बहुमत पु¥याउने उद्देश्यका साथ अल्पमत केन्द्रीय सदस्यको बैठकले केन्द्रीय सदस्य विस्तार गरेको भन्दै दाङ नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले आफूले पाएको केन्द्रीय सदस्य पद अस्विकार समेत गरेका छन् । पार्टी फुटाउने कुत्सित उद्देश्यले अल्पमत सदस्यहरुको बैठक बसेर आफूखुशी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै उनले उक्त पद अस्वीकार गरेको बताएका छन् ।