काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइका लागि लागि सर्वोच्च अदालतले आज संवैधानिक इजलासमा पेशी तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पुर्ण इजलास तोकेका हुन् ।
पुर्ण इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए । ती रिटको प्रारम्भिक सुनुवाइ बुधबार भएको थियो । प्रधानन्यायाधीश राणाले ती रिटको सुनुवाइ गर्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाइदिएका थिए ।