काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली अझैं बयलगाडामा रहेको भन्दै कटाक्ष गरेका छन् । उनले ओली अझैं बयलगाडामा रहेको बताउँदैं ओलीको रणनीतिलाई बुझ्न नसकेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले केपी ओलीलाई बुझ्न नसकिएको बताउँदैं अगाडि भने–‘जनतासँग क्षमा याचना गर्न चाहन्छु ।’
आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए । ‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो ।
हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’ ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।