काठमाडौं । बुधबार दिउँसोका लागि आयोजना गरिएको दहाल–नेपाल पक्षीय नेकपाको स्थायी कमिटिको बैठक स्थगित भएको छ । बैठक बुधबार मध्यान्ह १२ बजेका लागि बोलाइएको थियो ।
कमिटिको बैठक अब कहिले बस्छ भन्नेबारे टुङ्गो लागिसकेको छैन । आन्दोलन परिचालन समितिको बैठक बसेर संघर्षका के के कार्यक्रम बनाउने भन्ने सुझाव सबैको लिएर त्यो स्थायी समितिमा पेस गर्ने सहमतिमा बैठक स्थगित गरिएको योगेश भट्टराईले बताए । यसअघि बोलाइएको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालकी श्रीमति सिता विरामी भएपछि स्थगित गरिएको थियो ।