काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्ने बेलामा प्रधानमन्त्री ओलीले अंबैधानिक कदम चालेको बताएका छन्।
उनले ओलीको असंबैधानिक कदमले मुलुक संकटतर्फ धकेलिएको उल्लेख गरे। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा देउवाले संविधान विपरित अचानक संसद भंग गरेर चुनाव घोषणा गर्दा मुलुक संकटको भुमरीमा परेको बताए।
कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमको विरोध गरिरहेको देउवाले बताए । उनले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा गएकाले अदालतमा प्रभाव पार्ने गरी आन्दोलन नगर्ने जानकारी दिए । उनले विघटनको विषयमा कसरी अघि बढ्ने भन्ने कुरा अदालतको फैसलापछि मात्र तय हुने बताए ।