दाङ । प्रधानमन्त्री केपी ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाङले शक्ति प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपालले दाङमा उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हो । बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत यहाँ आएका छन् ।
कार्यक्रम हुनु अघि तुलसीपुर चोकबाट ¥यालीको आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रम गणेश चलचित्र मन्दिरमा आयोजना गरिएको छ । ‘आजलाई होइन, भोलीलाई हाम्रो साथ केपी ओलीलाई’ जस्ता नाराहरुसहित नेकपा कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरेक थिए ।