दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेतले पार्टी र चुनाव चिन्ह ‘सूर्य’ आफुहरुको रहेको दावी गरेका छन् । पूर्व एमालेको सम्पत्ती र कार्यालयहरु आफुहरुको भएको त्यसमा हरुले दावी नगर्न चेतावनी दिए । ‘सुदुरपश्चिमको एमालेको बैंक खातामा रहेको ३० लाख रुपैयाँ चोरी भयो । चोरीमा संलग्नलाई कानुनी कारबाही गर्न माग गर्दछु । बैंकिंग कसुरमा मुद्धा चलाईयोस्’उनले भने–‘कमरेड भीम रावलले पार्टीको खातामा रहेको ३० लाख चोरी गर्नुभयो ।’
दाङको घोराहीमा राष्ट्रिय युवा संघले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेकै विकसित रुप रहेको र आफुहरुको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद रहेको बताएका हुन् । ‘पार्टी र चुनाव चिन्ह सूर्य हाम्रो हो’उनले भने–‘बाघको आर्जनमा स्यालले शासन गर्न सक्दैन, पाउदैन ।’ केपी ओली नेकपाको संस्थापन पक्ष रहेको जिकिर उनले गरे ।
नेपाललाई समृद्धको यात्रामा अघी बढाउन केपी शर्मा ओलीले अझैं दश बर्ष प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गर्नुपर्ने बताए । ‘उहाँले आफै घोषणा गर्नु भएको थियो, अवको नेतृत्व युवा पुस्ताले गर्नुपर्छ । तर, मुलुकको आवश्यकता अझैं केपी शर्मा ओलीको नेतृत्व चाहिन्छ’उनले भने–‘देशभरीका युवाले भनिरहेका छन, आजलाई होइन भोलीलाई, दश बर्ष केपी ओलीलाई । अझैं यो मुलुकलाई अघी बढाउन केपी ओलीको नेतृत्वको खाँचो छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधी निर्वाचनको घोषणा गरेको छ । यो निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न र निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई व्यापक बनाउन बस्नेतले निर्देशन दिए ।‘यो हाम्रो देश दौडा अभियान निर्वाचन पुरा गरेर मात्रै रोकिने छ । देशभरका ९५ प्रतिशत युवा केपी ओलीले चालेको कदमको पक्षमा छन्’बस्नेतले भने–‘हामी चुनवाी अभियानमा लागिसक्यौं । वर्तमान सरकारले अघी बढाएका दिर्घकालीन महत्वका कार्यक्रम हाम्रा चुनावी नारा हुनेछन् ।’
नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माले गम्भिर परिस्थिीको सामाना गर्ने जिम्मेवारी यूवा वर्ग र पार्टी कार्यकताएको काँधमा आएको बताए ।‘अहिलेको परिस्थितीबाट पार लगाउने जिम्मा युवा र कार्यकर्ताकै हो’उनले भने–‘अत्यन्त जिम्मेवार पूर्वक भूमिका निर्वाहको खाँचो छ ।’
प्रशिक्षण कार्यक्रमलाई राष्ट्रिय युवा संघका पूर्व सचिव वचन सिंह, नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य छविलाल ओली, शान्ता चौधरी, केन्द्रिय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेकपाका जिल्ला कार्यालय सदस्य हुकुमबहादुर बस्नेत, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नेकपाका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकी लगायतका वक्ताहरुले सम्वोधन गरे ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष देवु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत युवा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य माधव ओलीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन घोराही उपमहानगरपालिका वडा नं। २ का वडा अध्यक्ष तथा नेकपाका जिल्ला सदस्य केशव आचार्यले गरेका थिए । कार्यक्रम हुनु अघी जिल्लाका विभिन्न स्थानबाट आएका युवाहरुले केपी शर्मा ओलीको पक्षमा नारा लगाउदै शक्ती प्रदर्शन गरेका थिए ।