काठमाडौँ- प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संसदको हिउँदे अधिवेसन अन्तर्गत आजबाट राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । बैठक अपरान्ह चार बजे बस्ने छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने कार्यसुचि छ । यस्तै दलका नेताहरुले पनि बोल्ने कार्यसुचि छ। बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन् । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् ।
जसमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन्।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ। औपचारीक रुपमा पार्टी विभाजन नभएपनि अलग अलग समुहको रुपमा क्रियाशिल छन्।