जनकपुर- प्रदेश नम्बर २ का नेपाल कम्युनिष्ट पार्टी नेकपका संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रचण्ड–नेपाल समूह सांसदहरुले नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
प्रदेश २ को प्रदेश सभामा नेकपाका ३२ जना सदस्यहरु रहेका छन्। ति मध्ये १७ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
यसैबीच संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले प्रदेश २ मा १ हजार १ सदस्यीय संघर्ष समिति बनाएको छ । नेकपा प्रदेश कमिटिको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा संघर्ष समिति गठन गरेको अर्का प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले जानकारी दिए।