बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले आइतबार रुपन्देहीमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। भेलामा नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गर्ने कार्यक्रम छ।
विहान ११ बजे बुटवलको सुख्खानगरमा रहेको पार्टीको प्रदेश कार्यालयमा भेला सुरु हुने नेकपा जिल्ला अध्यक्ष शिव सुवेदीले बताए। भेलामा बुटवल उपमहानगर भित्र टोल कमिटी र अरु पालिकामा वडा कमिटीका पदाधिकारीहरुको सहभागीता रहने उनले जानकारी दिए।