बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले आज बुटवलमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गर्दै छ । भेलामा नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्यमन्त्री शंकर पोखरेल, टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
बुटवलको सुख्खानगरमा रहेको पार्टीको लुम्बिनी प्रदेश कार्यालयमा भेला सुरु हुँदै छ । कार्यक्रमको लागि पार्टी कार्यालय बाहिर मञ्च बनाइएको छ । भेलामा बुटवल उपमहानगर भित्र टोल कमिटी र अरु पालिकामा वडा कमिटीका पदाधिकारीहरुको सहभागीता रहने नेकपा जिल्ला अध्यक्ष शिव सुवेदीले जानकारी दिए।