काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पुस १० गते स्थगित भएको बैठक आजदेखि पुनः बस्न लागेको हो । दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधि सभा विघटन पछिको परिस्थिती लगायतका विषयमा छलफल हुँदै छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि पुस ७ गतेदेखी कांग्रेको केन्द्रीय समिति बैठक सुरु भएको थियो । पुस १० गते ९ दिनको लागि स्थगित भएको थियो । कांग्रेसमा संसद विघटनविरुद्ध आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा विवाद छ। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मध्यावधि चुनावको पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल त्यसको विरुद्धमा उभिएका छन्। आजको बैठकमा पनि सोही विषयमा सदस्यहरुले आ– आफ्ना भनाइ राख्नेछन्।