बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला बुटवलमा सुरु भएको छ। पार्टीको लुम्बिनी प्रदेश कार्यालयको गेट बाहिर केही वेर अघि मात्र भेला सुरु भएको छ। भेलामा रुपन्देहीका विभिन्न ठाउँबाट आएका कार्यकर्ताहरु जम्मा भएका छन्। भेलामा नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्यमन्त्री शंकर पोखरेल, टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।