बुटवल । बुटवलमा भइरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेता टोपबहादुर रायमाझीले नेकपा छुट्टिने स्थितीमा आएपछि संकट पैदा भएको बताएका छन् । संसद विघटनको स्थितीमा पु¥याउने मुख्य दोषी को हो भनेर चिरफार गर्नु पर्ने बताउँदैं उनले धेरै विषयमा भ्रम फैलाइएका कारण संकट उत्पन्न भएको बताएका हुन् ।
नेकपा कै प्रचण्ड–माधव समूहलाई ईङ्गीत गर्दै उनले पार्टी फुटाउनका लागि भ्रम फैलाएको बताएका हुन् । ‘भ्रमको खेती गर्नेहरुको हैसियत अहिले सडकमा छ, पछि गड्डामा खाडलमा जानुहुन्छ ।’ उनले भने–‘गड्डा के गड्डा, खाडलमा जानुहुन्छ ।’
नेता रायमाझीले एकताताका प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्ने र प्रचण्डले पार्टी हेर्ने गरी जिम्वेवारी बाँडफाड भएको स्मरण गर्दै उनले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्वेवारी छाडेर प्रधानमन्त्री पदमा नजर डुलाएको आरोप लगाए ।
‘पार्टी एकताका पाँच बुँदे आधार विपरित प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीका पछि लाग्नुभएको छ ।’ उनले भने ।
उनले चुनावमा जानुको विकल्प नभएको बताउँदैं संस्थापन पार्टी आफ्नो पक्ष रहेको संसद पुनास्थपना नहुने ठोकुवा गरे ।