बुटवल । बुटवलमा भइरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेता शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमालेभित्र रहेको अन्तरविरोधमा खेलेर पार्टीको नेतृत्व कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
नेकपाका केन्द्रीय कमिटी सदस्य समेत रहेका नेता पोखरेलले पूर्व एमालेको अन्तरविरोधमा खेलेर नै कार्यकारी अध्यक्षका रुपमा रहेका प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीमाथि अरोप पत्र प्रस्तुत गरेको दावी गरे । भेलामा उपस्थित कार्यकर्ताहरुलार्ई सम्बोधन गर्दै उनले नेकपामा देखिएको संकटको एक मात्र कारण उक्त आरोप पत्र रहेको बताएका छन् ।
‘अभियोगमा छलफल हुन सक्ने ठाउँ नै थिएन । निषेधको उदेश्यले लगाइएको आरोप थियो ।’ उनले भने–‘आरोप पत्र फिर्ता गरेको भए पार्टी एकता बचाउन सकिन्थ्यो ।’
अघि बढ्दै उनले दोहो¥याए पूर्व एमालेको अन्तरविरोधमा खेलेर पार्टीको नेतृत्व कब्जा गर्न चाहेर नै पार्टी एकतामा संकट उत्पन्न भएको हो ।
उनले महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग हार बेहोरेका माधव नेपाल र महासचिव इश्वर पोखरेलसँग हारेका सुरेन्द्र पाण्डेलाई प्रचण्डले आफ्नो समूहमा महत्वपूण पद दिनु हास्यास्पद भएको बताए ।
‘केपीओलीसँग चुनाव हारेका माधव नेपाललाई अध्यक्ष बनाउनुभयो । ईश्वर पोखरेलसँग चुनाव हारेका सुरेद्र पाण्डेलाई महासचिव बनाउने तयारी गर्दै हुनुहुन्छ ।’ उनले भने ।
उनले केपी ओलीले इमान्दार ढंगले अँगालो गर्न खोज्दा प्रचण्डले घात गर्न खोजेको समेत आरोप लगाएका छन् ।