बुटवल । नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताएका छन् । उनले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनिहरु अव जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गरे ।
कञ्चन गाउँपालिकाको एक कार्यक्रममा बाेल्दै शाहले अव नेपाली कांग्रेसको नेतृत्वमा वहुमतको सरकार बन्ने दावी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त रहेको टिप्पणी गरे ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताए । त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वस्क्षाचारी प्रकृतिको भण्डाफोर गर्नु पर्ने बताए । कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकारसंग अव सरकारमा वसिरहन कुनै नैतिक र संवेधानिक अधिकार नरहेको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रिय सभापती वसिउल्लाह मुसलवान, जिल्ला सदस्य देविराम रेग्मी, डोल व थापा, राम वहादुर थापा, देवीलाल पौडेल लगायतले बोलेको थिए ।