काठमाडौँ- नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। माधबकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा केही बेर अघि बैठक सुरु भएको हो। पत्नी सीता दाहालको उपचारको लागि पुष्पकमल दाहाल प्रचण्ड भारत गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो।
पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको थियो। जारी बैठकमा प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलन गर्ने बारे छलफल गर्ने कार्यसुचि छ।